भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित, कप्तान विराजले नै पाए रातोकार्ड « Image Khabar


भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित, कप्तान विराजले नै पाए रातोकार्ड


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार २१:१५

मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । नेपालले ६०औं मिनेटमा पहिलो तथा ७८औं मिनेटमा दोस्रो गोल खाएको हो ।

खेलको ६८औं मिनेटमा भारतीय खेलाडीलाई ‘फाउल’ गरेका कप्तान विराज महर्जनले रातोकार्ड खाँदै बाहिरिनुपरेको थियो ।

नेपालका लागि मध्यान्तरअघि नवयुग श्रेष्ठले गोल गर्ने सुन्दर अवसर खेरफालेका थिए ।

एसिया कप छनोट फुटबलअन्तर्गत् यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

भारत पनि एसिया कपको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्