प्रतियोगिताको तेस्रो खेलमा पुलिसले सोमबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो । पुलिसलाई जिताउन ‘म्यान अफ द म्याच’ घोषित सुमन लामाले ६४औं मिनेटमा एक गोल गरे । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । त्यसअघि, खेलको २०औं मिनेटमा काँकडभिट्टाका विकास थुलुङले एक आत्मघाती गोल गरेका थिए…