२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


महिला डबल लिग भलिबलको उपाधि सशस्त्रले जित्यो


0
Shares

लिगको अन्तिम खेलमा शनिबार शिवम् न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो ।

प्रतियोगितामा अपराजित रहँदै सशस्त्रले १७ खेलबाट ५० अंक जोड्दा दोस्रो भएको शिवम् न्यू डायमन्डले समान खेलबाट ४६ अंक बटुल्यो ।

उपाधिसँगै सशस्त्रले ३ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो भएको शिवम् न्यू डायमन्डले १ लाख ७० हजारमा चित्त बुझायो ।