आयोजक धरानलाई पराजित गर्दै भारतको दुर्गापुर स्टिल क्लव सेमीफाइनलमा • Image Khabar Image Khabar


आयोजक धरानलाई पराजित गर्दै भारतको दुर्गापुर स्टिल क्लव सेमीफाइनलमा


Imagekhabar
२१ माघ २०७४, आईतवार २०:२६

आयोजक धरानलाई पराजित गर्दै भारतको दुर्गापुर स्टिल क्लव सेमीफाइनलमा

आईतबार धरान रंगशालामा भएको प्रतिश्पर्धात्मक खेलमा आयोजक धरान फुटबल क्लवलाई सडन डेथमा १–० गोल अन्तरले पराजित गर्दै दुर्गापुरले अन्तिम चारमा सिट सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा २–२ को बाराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाईब्रेकरमा गएको खेलमा पनि दुबैतर्फ ३–३ गोलको बराबरी भएपछि दुर्गापुरले सडन डेथमा बाजी मार्‍यो ।

सडन डेथमा भारतका मनिश थापाले गोल गरे भने नेपालका सुवास केसी गोल गर्नबाट चुके ।

खेलको म्यान अफ दि म्याच भारतका बाबुलाल हस्दा घोषित भए ।

प्रतिक्रिया दिनुहोस्