
सोहीअन्तर्गत भोलिदेखि १८ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासमेत हुँदैछ ।
प्रतियोगितामा २२ देशका १ सय ५० जना पाइलट सहभागी हुने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा १० जना महिलासहित १ सय ९ जनाले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी एवं टिम ईभेन्टमा विजेतालाई ट्रफिको साथमा पुरस्कृत गरिने भएको छ ।
पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १७ वर्षदेखि हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।
यसै क्रममा दुई वर्षसम्म प्रि–वल्र्डकपसमेत गरिएको थियो ।
तर, यस वर्ष प्राविधिक कारणले वल्र्ड कप गर्न नसकेपछि एसिएन महाद्विपीय प्याराग्लाइडिङ टुर सञ्चालन गर्न लागिएको हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए ।
प्रतियोगिता गर्न ५६ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अर्थ संयोजक कृष्णहरि सुवेदीले जानकारी दिए । विभिन्न ५ इभेन्टमा गरिने प्रतियोगिता पोखराको सराङकोटबाट सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्