
शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि उचालेको हो ।
पुलिसको जितमा राम वाजीले अतिरिक्त समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
उपाधिसँगै पुलिसले ७ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको थ्रीस्टारले तीन लाख ५१ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्