१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


स्पेनिस लिगमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोक्यो


0
Shares

गएराती लेभान्तेको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

खेलमा रियाल मड्रिडका सर्जियो रामोस र ईस्कोले एक एक गोल गरेपनि लेभान्तेका बोआटेङ र पाजीनीले दुई गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

बराबरी पछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ ।

जारी लिगमा रियाल मड्रिड शिर्ष स्थानको बार्सिलोनाभन्दा १८ अंकले पछि पर्दै चौथो स्थानमा छ ।

ला लिगाअन्तर्गतका अरु खेलमा रियाल बेटिसले भियारीयाललाई २-१ ले हराउँदा आईबारले सेभियामाथि ५-१ को जित निकाल्यो ।

यसैगरी आलाभेजले सेल्टा भिगोलाई २-१ ले हरायो ।

स्पेनिस लिगमा आज राती शिर्ष स्थानको बार्सिलोनाले आफ्नै शहरको ईस्पानियोलसँग खेल्दा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया आमने सामने हुनेछन् ।