
गएराति लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका मोहोमद सालाहले दुई गोल गर्दा टोटनह्यामका भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे ।
खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई केनले गोलमा बदलेपछि टोटनह्यामले सम्भावित हार टारेको हो ।
प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा क्रिष्टल प्यालेस र न्युकासल युनाईटेडले १÷१ गोलको बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज वाट्फोर्ड र चेल्सी भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्