बुटवल, चैत १५ । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका क्वाटरफाइनलका खेल आज सकिँदैछन् । अन्तिम क्वाटरफाइनलमा आज मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरी भिड्ने छन् । उता, थ्रीस्टार क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलमा जारी प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा हिमालय फुटवल क्लव मलेसियालाई २÷१ ले हराउँदै थ्रीस्टारले सेमिफाइनलको यात्रा तय गरेको…