१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेले पनि राउन्ड अफ सिक्सटिनमा


0
Shares

काठमाडौं, असार १३ । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत समूह सी को अन्तिम खेलमा डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेलेका छन् ।

जारी विश्वकपमा गोल नभएको यो पहिलो खेल हो । यसअघिका सबै खेलमा कम्तिमा एक गोल भएको थियो ।

बराबरीसँगै यो समूहबाट फ्रान्स विजेता तथा डेनमार्क उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेका छन् ।

समूहमा यसअघी सुरुवाती दुई खेल जित्ने क्रममा अस्ट्रेलिया र पेरुलाई हराएको फ्रान्सले ७ अंक जोड्दा पेरुबिरुद्ध जित र अष्ट्रेलियासँग बराबरी गरेको डेनमार्क ५ अंक जोड्न सफल भयो ।

राउन्ड अफ सिक्सटिनमा अब फ्रान्सले अर्जेन्टिनासँग तथा डेनमार्कले क्रोएसियासँग खेल्नेछन् ।