काठमाडौं, बैशाख १४ । युरोपा लिग फुटबलमा गएराती इङ्गल्याण्डको आर्सनल र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा घरेलु टोलीका अलेक्जेण्डर लाकाजेट्ले पहिलो गोल गरे । तर एथ्लेटिकोका एन्टोनियो ग्रेजम्यानले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । दोस्रो लेगको खेल अगामि बिहिवार स्पेनको मड्रिडमा हुनेछ…