१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश


0
Shares

काठमाडौं, असार २१ । शीर्ष वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

इङ्ल्यान्डमा जारी वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिसमा उत्कृष्ट प्रदर्शन गर्दै ८ पटकका च्याम्पियन फेडेरर तेस्रो चरणमा उक्लिएका हुन् ।

दोस्रो चरणको खेलमा फेडेररले स्लोभाकियाका लु्कास लाच्कोलाई ६-४, ६-४ र ६-१ को सोझो सेटमा हराए ।

कीर्तिमानी २० पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेका फेडेरर करियरमा २१ औं उपाधिको खोजीमा रहेका छन् ।

उता महिलातर्फ अष्ट्रेलियन ओपन विजेता क्यारोलिन वोज्नीयाकी दोस्रो चरणबाटै बाहिरिएकी छन् ।

डेनिस खेलाडी वोज्नीयाकीलाई रुसकी एकातेरिना माकारोभाले ६-४, १-६ र ७-५ ले हराएकी हुन् ।

महिला एकलकै अन्य खेलहरुमा विजयी हुँदै सात पटककी उपाधि विजेता अमेरिकाकी सेरेना विलियम्स र पाँच पटककी विजेता भेनस विलियम्स पनि तेस्रो चरणमा उक्लिएका छन् ।