२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


विश्वकप फुटबलमा आज दुई खेलः कस्तो होला भिडन्त ?


0
Shares

काठमाडौं, असार २३ । रुसमा जारी विश्वकप फुटबलमा आज(शनिबार) दुई वटा क्वाटरफाईनल खेल हुँदैछन् ।

सामरा एरिनामा वेलुकी पौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् ।

राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् ।

इङ्ल्यान्ड र स्विडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुरो अग्रता छ ।

दुई टोली २४ पटक आमने सामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्विडेन ७ पटक विजयी भएको छ । ९ खेल बराबरीमा टुंगिएका छन् ।

आजै राति पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्नेछन् ।

आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड अफ सिक्सटिनमा स्पेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् ।

रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।