१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


विश्वकप फुटबलमा प्रि–क्वार्टरफाईनल समीकरण पूरा


0
Shares

मस्को, असार १५ । रुसमा जारी विश्वकप फुबटलको अन्तिम १६ अर्थात प्रि– क्वार्टरफाईनल समीकरण पूरा भएको छ ।

हिजो लिग चरणका खेल सकिएसँगै नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो । यसपटक युरोपबाट १० टोली अन्तिम १६ मा पुगेका छन् । यसैगरी लेटिन अमेरिकाबाट ५ टोलीले अन्तिम १६ मा ठाउँ बनाउँदा एशियाबाट एक्लो टोली जापानमात्रै नक आउट चरणमा उक्लियो । अफ्रिकी मुलुकबाट भने कुनै पनि टोली नक आउट चरणमा प्रवेश गर्न सकेन । 

राउण्ड अफ सिक्सटिनका खेल भोलिबाट हुनेछन् । हरेक दिन दुई खेल हुनेछ । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पहिलो खेल हुनेछ भने राति पौने १२ बजे दोस्रो खेल हुनेछ ।

अन्तिम १६ को पहिलो खेलमा भोलि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् । भोलि नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ ।

आईतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कको खेल हुनेछ । सोमबार ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम भिड्दा मंगलबार स्विडेन र स्विट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड आमने सामने हुनेछन् ।