काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो…