सीता एअरको विमान ठूलो दुर्घटनाबाट जोगियो • Image Khabar Image Khabar


सीता एअरको विमान ठूलो दुर्घटनाबाट जोगियो


Imagekhabar
२५ आश्विन २०७६, शनिबार १८:५९

सीता एअरको विमान ठूलो दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, असोज २५ । सीता एअरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ‘ट्वीनअटर’ विमान दुर्घटनाबाट जोगिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाकाअनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो ।

उड्ने तयारीमा रहेको विमान धावनमार्गको करिब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालकदललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।

तीन चालकदलका सदस्यसहित १३ विदेशी पर्यटक यात्री लिएर उडेको सीता एअरको ९एन–आई–ई विमानको सकुशल अवतरण सफल भएको बताइएको छ ।

यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

यही असोज १४ गतेदेखि दुई महिनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ ।

पर्यटकीय ‘सिजन’मा प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्