यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारवाहीमा • Image Khabar Image Khabar


यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारवाहीमा


Imagekhabar
२६ आश्विन २०७६, आईतवार १२:३८

यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारवाहीमा

फिदिम, असोज २६ । दशैंको समयमा यातायातको अभाव देखाउँदै यात्रुलाई दोब्बर भाडा असुल्लने नौ वटा सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय पाँचथरले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

चाडवाडको अवसरमा यात्रुको चाप बढ्ने भएपछि यातायात व्यवसायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो आएपछि चेकजाँच गरी नियन्त्रणमा लिएको हो ।

कार्यालयले सात वटा जिप र दुई वटा बसलाई नियन्त्रणमा लिएको छ ।

सवारीमा सवार एक सय ७० जनाको यात्रुको लाग्नेभन्दा माथिको भाडा समेत फिर्ता गराएको जल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्