जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु • Image Khabar Image Khabar


जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु


Imagekhabar
२६ आश्विन २०७६, आईतवार १०:३५

जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु

दमौली, असोज २६ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ । (रासस)

प्रतिक्रिया दिनुहोस्