- विराज रोस्यारा/ ईमेज कैलाली, माघ १२ । क्षेत्रीय सहरी विकास कार्यक्रमले अझैं ठेक्का प्रक्रियालाई टुंग्याउन नसक्दा सुदूरपश्चिम प्रदेशका अर्बौँ रुपैयाँ लागतका अत्याधुनिक सडक निर्माण कार्यक्रममा अन्योल देखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका ४ स्थानीय तहमा लागु भएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गतको सडक निर्माण अन्योलमा परेको हो ।…