Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


विभिन्न व्यक्तित्व सम्मानित


0
Shares

काठमाडौं, माघ ११ । ज्येष्ठ नागरिकहरुको हितमा काम गर्दै आइरहेको संस्था नापाङ्गु पलाःले स्थापनाको पाँच वर्ष पुगेको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बुद्धधर्म प्रचार–प्रसारमा उल्लेखनीय योगदान गरेवापत् प्राचार्य तीर्थराज शाक्य, समाजसेवी सुमित्रा मानन्धर, पत्रकारद्वय रत्न महर्जन र शिल्भिया राजउपाध्यायलाई पनि सम्मान गरियो ।

यसैगरी, धर्म, संस्कृतिको उत्थान र समाज परिवर्तनका लागि योगदान गरेको भन्दै मातृसशक्तिकरण समूहलाई पनि सम्मान गरिएको छ ।

नापाङगु पलाःले टोल–छिमेकका ज्येष्ठ नागरिकको अनुभव र सीपलाई पनि उजागर गर्दै आइरहेको छ ।