काठमाडौं । ‘सम्पदाहरुको संरक्षण र सम्बद्धन गरौं’ भन्ने नाराकासाथ आज(शनिबार) बुढानिलकण्ठस्थित बुढानिलकण्ठ मन्दिरको सरसफाइ अभियानको सुरुवात गरिएको छ ।
सम्पदाहरुको संरक्षण र सम्बद्धनका अभियानकर्मीहरुले सम्पदाहरुको सरसफाई र सम्बद्धन हुन नसक्दा सम्पदा जीर्ण र कुरुप बन्दै गएकाले अभियानको थालनी गरेको बताएका छन् ।
अभियानका संयोजक राजु श्रेष्ठले मन्दिरमा फालिएका फोहोरले सम्पदा कुरुप बनाएको, सम्पदा, मठ, मन्दिरको छानो जीर्ण भएको भन्दै सरसफाई अभियान सञ्चालन गरिएको बताए ।
नेपाल भ्रमण वर्ष २०२० सँगै सम्पदाहरुको सरसफाइलाई अगाडि बढाउन सक्दा भ्रमण वर्षलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।
सफाइ अभियानकर्मी पिके शेर्पाले सम्पदाको अवलोकन र धार्मिक दृष्टिकोणले आउने पर्यटकलाई पनि सम्पदा सरसफाइबाट आकर्षित गर्न सकिने भएकाले अभियानको थालनी गरीएको बताए ।
उनले प्रत्येक शनिबार काठमाडौ उपत्यकाका सम्पदाहरुको सरसफाई गरी सम्पदाहरुलाई स्वच्छ र सफा राख्ने बताए ।









प्रतिक्रिया दिनुहोस्