२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन २० । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । सोमबार अपराह्न पाशुपत क्षेत्रमा पुगी उनले मन्दिरमा पूजाआजा गरी दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा जाँदा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ पुगी पूजाआजा गरेका थिए ।