१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


तौलेश्वर महादेवको मन्दिरमा भीड, तौलिहवा वजारमा मेला


0
Shares

-बासुदेव बर्मा/ईमेज

कपिलबस्तु । शिवरात्री पर्वको अवसरमा नेपालको दोस्रो पशुपतिनाथ र एशियाको सबै भन्दा ठूलो शिव लिङ्ग मानिएको कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा हजारौंको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुईचो लागेको छ ।

भगवान बुद्धको लुम्विनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ ।

यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाईने शिवरात्रीको दिन तौलिहवा वजारमा ठूलो मेला समेत लागेको छ ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहांका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो ।

संभवत एशिया कै शिव मन्दिरहरुमा रहेको शिवलिंगहरु मध्ये सवैभन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको छ ।

दैनिकजसो मन्दिरमा भक्तजनहरुको पुजाआजाका लागि घुईचो लाग्ने गरे पनि शिवरात्रीका दिनमा भने यहां विशेष घुईचो हुने गर्दछ ।

शिवरात्रीका दिनमा भगवानको कथा सुन्नाले आाफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मंदीर वाहिर वरपर सपरिवार कथा सुन्ने भक्तजनहरुको समेत भीड लागेको छ ।

हरेक वर्ष शिवरात्रीको अवसरमा कपिलवस्तु, रुपन्देही, दांग, अर्घाखांची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र वलरामपुर जिल्लाबाट समेत हजारौ दर्शनार्थीहरु यहाँको शिवलिंगमा पुजा गर्न तथा मेला गर्न  आउने गरेका छन् ।

शिवरात्रीमा भक्तजनहरुलाई व्यस्थित ढंगले दर्शनको व्यवस्था मिलाउन एवं सुरक्षा प्रदान गर्न मंदीर वरपर विहानै देखि नेपाल प्रहरी शशस्त्र प्रहरीहरु खटिएका छन् ।