Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


रतुवामा बन्दैछ नमूना पुल


0
Shares

काठमाडौं । एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ ।

झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ । भने तीन वटा पुलको लागत ५ अर्ब ५० करोड रहेको छ ।

तीन सय मिटर भन्दा लामा पुलहरुलाई आकर्षक बनाउन ल्याण्डमार्क ब्रिजको रुपमा निर्माण भइरहेको काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले जानकारी दिनुभयो । उहाँले पूर्वी खण्डमा पनि तीन सय भन्दा लामा पुलहरु यही नमूनाअनुसार काम गरिरहेको बताउनुभयो । तीन वटा पुलको एउटै प्याकेजको साढे ५ अर्बको ठेक्का सम्झौता रकम रहेको बताउनुभयो । दुई नम्बरको ४० किलोमिटरको लागि साढे ९ अर्बको रहेको बताउनुभयो । तीन नम्बर पयकेजको भने साढे ४ अर्ब रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रतुवा पुल, लोहेन्द्रा र बखरा तीन वटा पुल पश्चिम खण्ड अन्तर्गत पर्दछन् । यि लामा पुलहरु आकर्षक बनाउने हिसावले ल्याण्डमार्क ब्रिजको रुपमा विकास गर्ने हिसावले बीचका स्प्यानहरुलाई लामो स्प्यानमा लैजाने र चौडा बनाउने हिसावले अघि बढेका छौँ । अहिले रतुवाको हेर्दा ३ वटा स्प्यान लगभग २ हजार ८ सय मिटरका रहेका छन् । जम्मा ५८५ मिटर रहेको पुलमध्ये बीचको तीन स्प्यान ८८ मिटरको तीन वटा रहेको छ । चौडाई पनि साढे १६ मिटर छ ।’

झापाको दमक नगरपालिका र कमल गाँउपालिका जोड्ने रतुवा पुल खोलामा कुल ५ सय ८५ मिटरको पुलको बिचको ८८ मिटरका तीन स्पानमा स्टील फ्याब्रिकेशन गरेर पुल निर्माण भइरहेको छ । ग्याल्बनाइज्ड स्टील प्रयोग गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा फ्याक्टी बनाएर काम गरिरहेको छ । निर्माण कम्पनी कोभेक सिआरीजिसी टुण्डी कन्टक्शनले काम गरिरहेको छ । भने स्टीलको काम चिनियाँ पक्षको प्रत्यक्ष सहभागीतामा भइरहेको छ ।