Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दसैं किनमेलमा बाइक र आईफोन जित्ने एक्सट्रिम–म्याक्स टाइगरका विजेता सार्वजनिक


0
Shares

काठमाडौं । दसैं–तिहारको अवसरमा सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरबाट एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरेका ग्राहकले मोटरसाइकल, स्कुटर र आईफोनलगायतका पुरस्कार जितेका छन् ।

एग्रो थाई फुड्स प्रालिले सञ्चालन गरेको ‘मेगा दसैं धमाका’ उपहार योजनाका विजेताहरू सार्वजनिक गरिएको हो । योजनाअन्तर्गत देशभरका विभिन्न सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरबाट उक्त पेय पदार्थ खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

योजनामा सहभागी ग्राहकहरूमध्ये भाग्यशाली विजेताहरूले मोटरसाइकल, स्कुटर र स्मार्टफोन प्राप्त गरेका हुन् ।