नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) लुम्बिनी, माघ १५ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक नेपाल थेरवाद बौद्ध संग्रहालय स्थापना गरिएको छ । लुम्बिनीस्थित धर्मोदयसभा, स्वयम्भू महाचैत्यमा संग्रहालय स्थापना गरिएको हो । गएको आइतबार प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संग्रहालय उद्घाटन गरेका थिए । थेरवाद बौद्ध परम्परामा संस्थागत प्रतिनिधित्व गर्ने उद्देश्यले अखिल नेपाल भिक्षु…