हेटौंडा, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदप्रति उच्च सम्मान प्रकट गर्न जरुरी रहेको बताएकी छन् ।
हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकको रजतजयन्ती तथा प्रजातान्त्रिक पार्कको मंगलबार उद्घाटन गर्दै उनले परिवर्तनका लागि उल्लेख्य भूमिका खेल्ने सहिदहरुप्रति राष्ट्रले उच्च सम्मान व्यक्त गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश समृद्धिको युगमा प्रवेश गरेको बताए ।
सो अवसरमा सहिद स्तम्भ निर्माण गर्ने कालिगढहरुलाई सम्मानित गरिएको थियो ।
स्मारक क्षेत्रमा बीपी कोइराला, गणेशमान सिंंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको पूर्णकदका सालिक पनि निर्माण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्