
काठमाडौं । प्यारासुटबाट हाम फाल्ने क्रममा एक सैनिक जवान घाइते भएका छन् ।
सेना दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्चमा आयोजित कार्यक्रममा विशेष कौशल देखाउने क्रममा सैनिक जवान पूर्णबहादुर भण्डारी घाइते भएका हुन । उनको सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।
प्यारासुटबाट हामफाल्ने क्रममा उनी तोकिएको ठाउँमा ओर्लन नसकी टुँडिखेलभित्रै राखिएको सेनाको गाडीमा ठोक्किएका थिए ।
उनको अवस्था गम्भीर रहेको सेनाका प्रवक्ता यमप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्