१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


नगरकोटमा अपाङ्गताको सवालमा समावेशी सुशासन तालिम


0
Shares

काठमाडौं ।  स्थानीय तहमा अपाङ्गता समावेशी सुशासन सम्बन्धी एक हप्ते तालिम नगरकोटमा संचालन गरिएको छ ।

इनेबलमेन्ट नेपालको आयोजना, इनेबलमेन्ट नेदरल्याण्ड र नुफिक नेदरल्याण्डको आर्थिक सहयोगमा स्थानीय तहमा अपाङ्गता समावेशी सुशासन सम्बन्धी एक हप्ते तालिम भक्तपुरको नगरकोटमा आयोजना गरिएको हो ।

तालिममा समावेसी सुशासनका सवालमा सामाजिक अभियन्ताहरूले गर्नु पर्ने कार्य भुमिका लगायतका सवालमा विस्तृत रुपमा जान्ने र सिक्ने मौका सहभागीहरूले पाएको र सो ज्ञानलाई कसरी स्थानीइ स्तरमा प्रयोग गर्ने भन्ने सम्वन्धमा ६ महिनाको पैरवी कार्ययोजना निर्माण सम्पन्न भएको आयोजकले जनाएको छ ।

तालिममा इनेबलमेन्ट नेपालका परियोजना संयोजक क्षितिज वाग्लेले इनेबलमेन्ट नेपालले अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेका संस्था र अपाङ्गता अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो तालिम सञ्चालन गरेको बताए ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले नेपालको बर्तमान राजनीतिक अवस्था, संविधान ऐन ,कानून, नीति, नियम, सुसाशन बदलिंदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्षमा अपाङ्गता भएका व्यक्तिहरु र नागरिक समाजका चुनौती समावेशी सुशासन कार्यान्ययनमा भुमिका लगायतका विषयमा प्रशिक्षण गरेका थिए । 

त्यसैगरी इनेबलमेन्ट नेदरल्यान्डका डाइरेक्टर ब्हीप क्रोनेज्लीले समावेशी सुशासन र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी, दिगो विकासका लक्ष्यहरु, समुदयमा आधारित समावेशी विकास, समुदायमा आधारित पुनर्थापना, पैरवीको योजना तर्जुमा र कार्यान्वयनको विषयमा प्रशिक्षण गरेका थिए ।

तालिममा अपाङ्गता अधिकार विज्ञ तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले नेपालको संविधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४, लगायत अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका ऐन कानूनका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा न्यून दृष्टियुक्त महिला पार्वती श्रेष्ठले लगाएत अन्य सहभागिहरुले यस तलिममा सिकेका कुराहरुलाई उपयोग गर्ने बताए ।