२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सेना दिवसमा टुँडिखेलमा जे देखियो (हेर्नुहोस १० तस्विर)


0
Shares

काठमाडौं  । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाएको छ ।

सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेको छ ।

दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, लगाएत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र विशिष्ट सरकारी अधिकारीको उपस्थिति थियो ।

सेना दिवसको कार्यक्रमलाई नेपाली सेनाको शक्ति प्रदर्शनको रुपमासमेत हेरिन्छ ।

समारोहमा सैनिक सामग्री तथा कला प्रदर्शनी, परेड, प्यारा जम्प, कवाज तथा तोप बढाइँ गरिएको छ ।

त्यसैगरी सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी पनि प्रस्तुत गरियो ।