
भक्तपुर, फागुन २० । महाशिवरात्रीका अवसरमा केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
दर्शनार्थीहरुलाई सहज मन्दिर दर्शनको व्यवस्था गरिएको छ भने विशेष पूजा, हवन र रुद्रााभिषेक गरी पञ्चस्नान गराउनेसमेत व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पछिल्लो समय डोलेश्वर मन्दिरमा दर्शनार्थीको संख्या बढ्नुका साथै उल्लेख्य संख्यामा साधु–सन्त पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्