कांग्रेस संसदीय दलको मंगलबारको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्रजस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रस्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर–आँगनमा सरकारको सेवा र सुविधा पुर्याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप…