काठमाडौं । संवैधानिक परिषद्काे बैठकले बिहीबार गरेकाे नयाँ प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दावी गर्नुभएकाे हाे । उहाँले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप…