Logo १५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026


नेपाल बार एशाेसिएशनको आकस्मिक बैठक आज बस्दै

प्रधानन्यायाधीशमा भएको सिफारिसकाे बारेमा धारणा तय गरिंने

26
Shares

काठमाडौं । नेपाल बार एशाेसिएशनको आकस्मिक बैठक शुक्रबार बस्दैछ ।

साेही बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएकाे हाे। बिहीबार बसेको संवैधानिक परिषद् बैठकले चौथो बरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि यसकाे बारेमा धारणा बनाउन बैठक बस्न लागेको बारका अध्यक्ष डा. विजय मिश्रले जानकारी दिनुभयाे ।

बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई बोलाइएको छ । उनीहरूले दिएको सुझावपछि बारले धारणा सार्वजनिक गर्ने अध्यक्ष मिश्रले बताउनुभएकाे छ ।