
धादिङ, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले पार्टी सचिवालय बैठक बहिस्कार नगरेको जिकिर गरेका छन् ।
सोमबार धादिङको सदरमुकाम धादिङबेसीमा सन्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठक निर्धारित् समयमा नबसेपछि आफूहरु बाहिरिएको र यही विषयलाई बहिस्कार गरेको भन्दै प्रचार गरिएकोमा दुःख व्यक्त गरे ।
पार्टीका दुई अध्यक्ष र महासचिव अन्य काममा व्यस्त रहेको र बैठक बस्न ढिला हुने खबर आएपछि निर्धारित् समयभन्दा १५ मिनेटपछिमात्र बैठकस्थलबाट आफूहरु बाहिरिएको उनले जानकारी दिए ।
गएको शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठक बहिस्कार गर्नेमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, नेता वामदेव गौतम तथा प्रवक्ता श्रेष्ठ थिए ।
अब बस्ने बैठकले जिल्ला तहदेखि जनवर्गीय संगठनहरुको एकता र नेतृत्व चयनका विषयमा टुंगो लगाएर पार्टीको गतिविधिलाई सशक्त पार्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्