Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ


312
Shares

काठमाडौं ।

सोमबार राजधानीका विभिन्न संवेदनशील स्थानहरूमा शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएको भेटिएको छ।

नेपाली काँग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास र तीनवटा ठूला मिडिया हाउसको गेट अगाडि यस्ता गाडीहरू राखिएका हुन्।

सभापति थापाको निवास अगाडि बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी शंकास्पद रूपमा पार्किङ गरिएको थियो। स्थानीयका अनुसार उक्त गाडीले बाटो नै थुनेर मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो।

यसैगरी, सोमबार नै कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालय अगाडि पनि शंकास्पद गाडीहरू फेला परेका थिए। मिडिया हाउस अगाडि राखिएका गाडीहरूलाई प्रहरीले हटाइसकेको छ। यी घटनाहरू नियोजित हुन् वा संयोग मात्रै भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जनाएको छ।