Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


वर्तमान सरकारको विकल्प छैन : दाहाल


0
Shares

पोखरा, मंसिर २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले आशा एवं भरोसा गरेअनुरुप नै सरकार अघि बढेको बताए ।

पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए ।

सामाजिक सुरक्षा, विकास निर्माणलगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उनले उल्लेख गरे ।

मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताए ।

दुई पार्टीबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म नै बढीरहेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री दाहालले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृसंगठनको नेतृत्व चयन गरिने बताए ।

सिक्लेसबाटै शान्ति–प्रक्रियाको सुरुआत भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाए । रासस