काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कार्तिक १२ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै शपथग्रहण गराइनेछ।
गत असोज १६ गतेदेखि काठमाडौंमा भएको कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिमा चयन गरेको थियो। सभापति थापाले भने यसअघि नै शपथग्रहण गरी पदभार ग्रहण गरिसक्नुभएको छ।










प्रतिक्रिया दिनुहोस्