उर्लाबारी, मंसिर २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।
नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे ।
उनले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो संकेत नदेखिएको बताए ।
उनले सरकारकाबारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्नेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस









प्रतिक्रिया दिनुहोस्