इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा औलो रणनीतिक योजना २०१४–२०२५ को कार्यान्वयन सुरु भइसकेको जानकारी दिइयो । औलोरोगको प्रमुख सूचक मानिने वार्षिक परजीवी दर ‘एपीआई’लाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न नदिइ सन् २०१८ सम्ममा बिरामीको संख्या ९० प्रतिशतले घटाउने र औलो संक्रमण भएका जिल्लाको संख्या ७० प्रतिशतले घटाउने लक्ष्य लिइएको छ । कार्यक्रममा…