
काठमाडौं, बैशाख १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अझ बढी प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनले रक्तदान नै सबैभन्दा ठूलो पूण्यको काम हो भने ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ भगवान कोईरालाले रगत संकलन हुँदा पनि प्रविधिको अभावले सदुपयोग हुुन नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको बताए ।
प्रतिक्रिया दिनुहोस्