Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


२५औँ अनशनमा रहेका डा. गोविन्द केसी टिचिङ अस्पतालमा भर्ना


0
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनको अस्पतालमा उपचार सुरु भएको छ ।

विभिन्न माग अघि सार्दै केसीले गत बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा २५औँ आमरण अनशन थालेका थिए । अनशनको चौथो दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो ।

चिकित्सकका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेको छ । यसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै चिकित्सकले सचेत गराएका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी आवश्यक उपचार थालिएको छ ।

Skip This