काठमाडौं । विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताउनुभयो । उहाँले गलत क्रियाकलापका विषयमा काँग्रेस गम्भीर र सचेत रहेको उल्लेख गर्दै रास्वपाले यस विषयलाई कसरी संसदमा प्रवेश गराउँछ भन्ने आधारमा पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘रास्वपा सबैभन्दा ठूलो दलको रुपमा हुनुहुन्छ । उहाँहरुले यो विषयमा आफ्ना दृष्टिकोण कसरी सार्वजनिक गर्नुहुन्छ, त्यो हामी हेरिरहेका छौँ । हामी कुनैपनि गलत क्रियाकलापहरु जुन छ, त्यसको विषयमा हामीहरु अत्यन्त गम्भीर र सचेत छौँ । उहाँहरुले यो विषयमा आफ्ना धारणा कसरी सार्वजनिक गर्नुहुन्छ, यसलाई संसदमा कसरी विषयवस्तु प्रवेश गराउनुहुन्छ, त्यस अनुसार हामीहरु आफ्ना धारणाहरु बनाएर हामीहरु अगाडि बढ्छौँ ।’
रास्वपाले विचौलिया ईनम सापकोटासँग कनेक्सन रहेका न्यायधीशमाथी महाभियोग लगाउनेगरी छलफल अगाडी बढाएको छ । तर रास्वपाले पनि महाभियोगका बारेमा ठोस धाराणा सार्वजानिक गरेको छैन ।









प्रतिक्रिया दिनुहोस्