Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज अन्य प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ । सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायतका विषयमा साझा धारणा बनाउन कांग्रेसले बैठक आह्वान गरेको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।

आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालनका विषयमा छलफल हुनेछ ।

त्यस्तै, विभिन्न घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र निष्पक्ष अनुसन्धानको आवश्यकताबारे पनि बैठकमा छलफल गर्ने तयारी छ ।

Skip This