विश्व मिड्वाइफ दिवस मनाइने • Image Khabar Image Khabar


विश्व मिड्वाइफ दिवस मनाइने


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १७:५७

विश्व मिड्वाइफ दिवस मनाइने

शुक्रबार मिड्वाइफ्री सोसाइटी अफ नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै आमा र नवजात शिशुहरुको ज्यान बचाउने मिड्वाइफहरुको भूमिकाबारे जनचेतना बढाउँदै दिवस मनाउने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा सोसाइटीकी अध्यक्ष प्राध्यापक किरण बज्राचार्यले हरेक स्वास्थ्य संस्थामा मिड्वाइफहरु राख्ने हो भने आमा तथा शिशुहरुको मृत्युदर दुई तिहाइले घटाउन सकिने बताइन् ।

नेपालमा सन् २०१६ देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयमा मिड्वाइफसम्बन्धी पठनपाठन हुने गरेको छ । जसअन्तर्गत् वीर अस्पतालमा २३ जना विद्यार्थी रहेका छन् भने काठमाडौं विश्वविद्यालयमा ६ जना विद्यार्थीले पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्