जापानी चिकित्सकहरुद्वारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन • Image Khabar Image Khabar


जापानी चिकित्सकहरुद्वारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन


Imagekhabar
२२ बैशाख २०७५, शनिबार १८:१८

जापानी चिकित्सकहरुद्वारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन

रोटरी इन्टरनेसनलअन्तर्गत् ‘इन्फेक्सन कन्ट्रोल’ कार्यक्रम लिएर नेपाल आएको जापानी टोलीले अस्पतालको अवलोकन गरेको हो ।

ललितपुरको भैंसेपाटीमा रहेको नेपालकै सुविधासम्पन्न मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उक्त टोलीलाई स्वागत गरेका थिए ।

सो अवसरमा आयोजित संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रममा डा. महतोले उपचारका लागि अब नेपालीहरुले विदेश जान नपर्ने भरोसा दिलाउन मेडिसिटी लागिपरेको बताए ।

३५० शय्याको अस्पतालमा अत्याधुनिक उपकरण, प्रविधिसँगै सबै विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने–‘मेडिसिटी अस्पताल होइन, अभियान हो । अत्यन्त ठूलो भवन, अत्याधुनिक उपकरण सेवा–सुविधा भएपनि सेवाशुल्क सर्वसाधारणले थेग्ने खालको छ ।’

यस्तै, जापानी चिकित्सक टोलीका प्रमुख डा. योशिकाओले नेपालभित्रै सुविधासम्पन्न अस्पताल बनेकामा खुसी व्यक्त गरे ।

अस्पतालमा विशेषतः न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, ग्यास्ट्रो साइन्सेज, रिनल साइन्सेज, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सलेन्सकोरुपमा अघि बढाएको छ ।

नेपाल मेडिसिटीले कलेजो, मिर्गौला, बोनम्यारो प्रत्यारोपणलगायत भविष्यमा मुटु प्रत्यारोपणसम्मको उद्देश्य राखेको महतोले जानकारी गराएका थिए ।

तस्वीरः सञ्जय त्रिपाठी, नेपाल मेडिसिटी अस्पताल ।

प्रतिक्रिया दिनुहोस्