Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नि:शुल्क औसधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र


0
Shares

काठमाडाैं ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क वितरण हुने औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित सबै स्थानीय तहमा परिपत्र पठाएको हो ।

मन्त्रालय पठाएको सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन्।