२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तेह्रथुमका १४ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा


0
Shares

गर्भपतनले कानुनी मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवा सुचारु गरेको हो ।

‘आइपास’ नेपालको सहयोगमा हाल जिल्ला अस्पताल तेह्रथुमसहितका १४ ओटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन सेवा सुरु भएको छ ।

संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सो सेवा सुरु भएको छ ।

यस्तै, चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङबुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्यचौकीबाट पनि निःशुल्क गर्भपतन सेवा सुरु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्तिनारायण शाहले बताए ।

सो सेवाका सुचारु गर्न जिल्लाभर २६ जना दक्ष स्वास्थ्यकर्मी खटिएका छन् ।

आइपासका जिल्ला संयोजक केदार भण्डारीले गत चैत मसान्तसम्म १६० जनाले सुरक्षित गर्भपतन सेवा लिएको जानकारी दिए ।

नेपालमा महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाबाट पतन गर्न पाइने कानुनी व्यवस्था छ ।