‘रेबिजका कारण विश्वमा वर्षेनि ५९ हजार व्यक्तिको मृत्यु’ • Image Khabar Image Khabar


‘रेबिजका कारण विश्वमा वर्षेनि ५९ हजार व्यक्तिको मृत्यु’


Imagekhabar
२० बैशाख २०७५, बिहीबार १८:०९

‘रेबिजका कारण विश्वमा वर्षेनि ५९ हजार व्यक्तिको मृत्यु’

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्षेनि विश्वमा ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको जानकारी दिएको हो ।

रेबिजका कारण प्रत्येक ९ मिनेटमा एकजनाको ज्यान जाने गरेको र त्यसमा पनि बालबालिका तथा विपन्नको संख्या अधिक रहेको ‘डब्ल्युएचओ’ले जनाएको छ ।

रेबिजका कारण दक्षिण एसियाली देशमामात्रै वर्षेनि २६ हजारको ज्यान जाने गरेको जनाइएको छ ।

७० प्रतिशत कुकुरलाईमात्रै रेबिजको सुइ लगाउने हो भने पनि रेबिजरोगको संक्रमण कम गराउनसकिने सो संगठनले जनाएको छ ।

सो अवसरमा सन् २०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने योजनासमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्