
मानव अंग प्रत्यारोपणसम्बन्धी शुक्रबार साँझ काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव अंग प्रत्यारोपणका लागि सरकारले गम्भीर भएर सहयोग गर्ने बताएका हुन् ।
उनले आफूले पनि मिर्गौला प्रत्यारोपणबाट नयाँ जीवन पाएको भन्दै मानव अंग प्रत्यारोपण गर्न सरकार र मेडिकल क्षेत्र मिलेर काम गर्ने बताए ।
प्रधानमन्त्री ओलीले मृत्युपछि मानव अंग दानबारे उच्चस्तरीय समिति निर्माण गर्ने घोषणासमेत गरे ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मानव अंग प्रत्यारोपणबारे जनचेतना अभिवृद्धि गराउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्